कैलालीको धनगढीको वनमा दुई जनाको शव फेला

काठमाण्डौ । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ९ सालघारीमा रहेको शैलेश्वरी सामुदायिक वनमा दुई जनाको शव भेटिएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १० का ३२ वर्षीय देवल चौधरी र ३४ वर्षीय कैदा रानाको शव भेटिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

चौधरीको शव रुखमा झुन्डिएको अवस्थामा र रानाको शव केही पर पल्टिएको अबस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराले जानकारी दिनुभयो ।

बिहान वनमा दुई वटा शव देखेपछि स्थानीयबासिन्दाले प्रहरीलाई खबर गरेका हुन् । मृतक कैदा रानाका छोरा कैलास रानाको गएको भदौ महिनामा मोहना नदीमा डुवेर ज्यान गएको थियो ।