केपी ओली कपको फाइनल हेर्न इटालियन गोलकिपर बुफोन नेपालमा

काठमाण्डौ । फिफा विश्वकप विजेता तथा इटालीका पूर्वगोलकिपर जियानलुजी बुफोन नेपाल आइपुगेका छन् ।

इटलीका पूर्वकप्तान तथा विश्वकै उत्कृष्ट गोलकिपरमध्ये एक मानिने बफोन केपी ओली कप फुटबल प्रतियोगिताको फाइनल हेर्न नेपाल आएका हुन् ।

आयोजक राष्ट्रिय युवा संघ नेपालका अनुसार उनी बिहान ११ बजे टर्कीस एअरबाट आएका थिए ।

केपी ओली कपको तेस्रो संस्करण फागुन १९ गतेसम्म हुनेछ । त्यस प्रतियोगिताको फाइनल खेल हेर्न उनी आइपुगेका हुन् ।

यसअघि ब्राजिलका स्टारहरु रोनाल्डिन्हो र रोबर्टो कार्लोसजस्ता खेलाडीहरुलाई ल्याउने प्रस्ताव गरिएको थियो । तर, उनीहरू समय व्यस्तताका कारण नआउने भएपछि बुफोनलाई ल्याइएको हो ।