
महाशिवरात्रिमा आएका साधुसन्तको बाटो खर्चसहित बिदाइ
काठमाण्डौ । महाशिवरात्रिका अवसरमा आएका साधु सन्तहरूलाई पशुपति क्षेत्र विकास कोषले आज बिदाइ गरेको छ । भारतलगायत विभिन्न देशबाट आएका तीन हजार जनाभन्दा धेरै साधु सन्तलाई कोषले आज एक कार्यक्रमका बीच बाटो खर्चसहित बिदाइ गरेको हो ।
बिदाइका क्रममा कोषले साधु सन्तलाई खर्चसहित रुद्राक्षको माला पनि लगाइदिएको छ । कोषले साधु सन्तहरूलाई श्रेणाीमा छुट्याएको विभिन्न रङ्गको कार्ड दिएको थियो ।
महाशिवरात्रि मेलामा आएका साधु सन्तहरूलाई पशुपति क्षेत्र विकास कोष र गुठी संस्थानले बिदाइ गर्ने परम्परा छ । कोषले साधु सन्तहरूलाई आज दिउँसोसम्मको खाना र आवासको व्यवस्था गरेको थियो ।
यस वर्षको महाशिवरात्री अस्ति बुधबार परेको थियो ।