
नेपालको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको ८४ वर्षको उमेरमा निधन
काठमाण्डौ । नेपालको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको ८४ वर्षको उमेरमा निधन भएको छ ।
उहाँको आज बिहान महाराजगञ्जमा रहेको प्रहरी अस्पतालमा उपचारकाक्रममा निधन भएको सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिनुभयो । स्वास्थ्यमा केही समस्या देखिएपछि उहाँ केही दिनदेखि त्यहाँ उपचाररत हुनुहुन्थ्यो ।
सर्वोच्च अदालतमा पुग्ने श्रेष्ठ दोस्रो महिला न्यायाधीश हुनुहुन्थ्यो । सर्वोच्च अदालतको न्यायाधीशका रूपमा श्रेष्ठ विसं २०६१ वैशाख ३ देखि २०६५ जेठ २१ गतेसम्म कार्यरत रहनुभयो । उहाँ अधिकृतदेखि नै न्याय क्षेत्रमा कार्यरत हुनुहुन्थ्यो ।
श्रेष्ठको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि हुने जानकारी दिइएको छ । उहाँका दुई छोरा हुनुहुन्छ ।