सुनको मुल्य २ सय रुपैयाँले घट्यो

काठमाण्डौ । सुनको मुल्यमा आज २ सय रुपैयाँले घटेको छ । सुनको मुल्य २ सय रुपैयाँले घटेर तोलाको १ लाख ७० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको मुल्य तोलाको १ लाख ७० हजार ५ सय रुपैयाँ थियो । अस्ति मङ्गलवार सुनको मुल्य अहिलेसम्मकै उच्च तोलाको १ लाख ७१ हजार ३ सय रुपैयाँ पुगेको थियो ।

यस्तै आज चाँदीको मुल्य भने सामान्य बढेको छ । चाँदीको मुल्य ५ रुपैयाँले बढेर १ हजार ९ सय ४५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।