ट्राइब्रेकरमा एपीएफलाई हराउँदै संकटा केपी ओली कपको सेमिफाइनलमा

काठमाण्डौ । ट्राइब्रेकरमा एपीएफ क्लबलाई हराउँदै  संकटा क्लब केपी ओली कप च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । एन्फा कम्प्लेक्समा भर्खरै सकिएको खेलको ट्राइब्रेकरमा एपीएफलाई ५-३ ले पराजित गर्दै संकटाले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।

निर्धारित समयमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो । एपीएफका सुजन पुलामीको प्रहारलाई संकटाका गोलकिपर दिप कार्कीले असफल पार्दै टोलीलाई जित दिलाए ।

अब फाइनल प्रवेशका लागि त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । आजको दोस्रो खेल मच्छिन्द्र एफसी र एफसी ट्रान्सपोर्ट युनाइटेडबिच प्रतिस्पर्धा हुनेछ । उक्त खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ ।

राष्ट्रिय युवा संघ नेपालको आयोजनामा जारी प्रतियोगितामा ९ टोलीले सहभागिता जनाएका छन् । फागुन १८ गतेसम्म चल्ने उक्त प्रतियोगिताको विजेताले १५ लाख ११ हजार ११ हजार १११ र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् ।