प्रख्यात भाषाविद् चुडामणि गौतमको निधन

काठमाण्डौ । ग्रामर गुरुुका नामले पनि चिनिने नेपाली र अङ्ग्रेजी भाषाका व्याकरणविद् चुडामणि गौतमको निधन भएको छ । उहाँको ८१ वर्षको उमेरमा हिजो उपचारका क्रममा निधन भएको हो ।

१ असोज २००० मा तेह्रथुममा जन्मिएका गौतमका नेपाली र अङ्ग्रेजी व्याकरणका दर्जनौँ पुस्तक प्रकाशित छन् । उहाँद्वारा लिखित अङ्ग्रेजी व्याकरणको पुस्तक लामो समयसम्म लोकप्रियताको शिखरमा पुगेको थियो ।

गौतमका नेपाली व्याकरण तथा रचना, विद्यालय नेपाली शब्दकोश, अक्षरको उच्चारण गर्ने यसरी, बृहत्तर नेपाली शब्दकोश, शुद्ध नेपाली लेख्ने यसरी, हायर लेभल इङ्ग्लिस ग्रामर, कम्पोजिसन एन्ड प्रोनाउन्सेसन, राम्रो अङ्ग्रेजी बोलचाल अभ्यासलगायत नेपाली र अङ्ग्रेजी व्याकरणसम्बन्धी पुस्तक निकै चर्चित हुनुहुन्छ ।

गौतमका एक श्रीमती, एक छोरा र एक छोरी छन् । उहाँको हिजो नै पशुपति आर्यघाटमा अत्येष्टि गरिएको छ ।