
प्युठान दम्पती हत्या प्रकरणमा आफ्नै भतिज प्रकाउ
काठमाण्डौ । प्यूठान माण्डवी गाउँपालिका २, रातापानीमा दम्पती हत्या प्रकरणमा प्रहरीले ३४ वर्षीय पङ्कज परियारलाई प्रहरीले पक्राउ गरेको छ। पङ्कजले आफ्नै काका र काकीको हत्या गरेको पुष्टि भएको छ।
शनिबार दिउँसो रातापानीका ६० वर्षीय रामबहादुर परियार र उनकी श्रीमती हुकुमा परियार घरमै मृत अवस्थामा भेटिएका थिए । लगत्तै जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख, प्रहरी नायब उपरीक्षक दीपेश बस्यालको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो । डिएसपी बस्यालका अनुसार पङ्कजले आवेगमा घन प्रहार गरी आफ्ना काका र काकीको हत्या गरेको स्वीकार गरेका छन् ।
उनलाई काका र काकीले सधैँ गाली गर्ने, हेप्ने र अपशब्द बोल्ने भएकाले सहन नसकि घनले हानेर हत्या गरेको बयानकाक्रममा बताएका डिएसपी बस्यालले बताउनुभयो।
एक हप्ताअघि रामबहादुरले पङ्कजलाई ‘स्वास्नी पाउन नसकेको थारो’ भन्दै गाली गरेका थिए । यस घटनाले पङ्कजको मनमा घृणा र आक्रोश सिर्जना गरेको थियो। शनिवार राति रक्सी सेवन गरी, पङ्कजले घरको दोस्रो तलाबाट प्रवेश गरेका थिए। सुतिरहेका दम्पतीलाई देखेपछि उनले घन उठाएर तीन तीन पटक टाउकोमा प्रहार गरेका थिए ।
प्रहरीले घटनास्थलबाट ५० मिटर परको बारीबाट रगतले लतपतिएको घन र मृतकहरूको रगत पुछेको व्लाङ्केट वरामत गरेको छ । डिएसपी बस्यालले हत्याको सूचना दिने पहिलो व्यक्ति नै पङ्कज भएको समेत जानकारी दिनुभयो ।