एपिएफ केपी ओली कपको क्वार्टरफाइनलमा

काठमाडौं। गोलकिपर एञ्जल श्रेष्ठ नायक बन्दा विभागीय टोली एपिएफ केपी ओली कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार सम्पन्न खेलमा एपिएफले टाइब्रेकरमा एपिएफले उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसीलाई ४– ३ ले पराजित गरेको हो।

पहिलोपल्ट नेपाल आएको ब्ल्याक बुल्स आहा ! रारा पोखरा गोल्डकप जितेर काठमाडौं ओर्लिएको हो। निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको छिनोफानो टाइब्रेकरमार्फत गरिएको हो।

तर, टाइब्रेकरमा एपिएफले ब्ल्याक बुल्सलाई पहिलो खेलमै निराश पार्‍यो। उनले टाइब्रेकरमा दुई बचाउ गर्‍यो।

योसँगै एपिएफले सेमिफाइनल प्रवेश गर्न ए डिभिजन लिग क्लब संकटासँग प्रतिस्पर्धा गर्नेछ। संकटाले भने पहिलो खेलमा बाई पाएको हो।