
ताप्लेजुङको पाथीभरा क्षेत्रमा यस वर्षकै बाग्लो हिमपात
ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा (मुकुमलुङ) क्षेत्रमा यस वर्षकै बाग्लो हिमपात भएको छ । गएराति तीन हजार सात सय ९४ मिटर उचाइमा रहेको पाथीभरालगायतका क्षेत्रमा बाग्लो हिमपात भएको हो ।
पाथीभरा क्षेत्र विकास समितिका कर्मचारीसमेत रहेका स्थानियवासी राजेन्द्र महतका अनुसार यसअघि पुसमा पहिलो पटक र फागुन पहिलो हप्ता दोस्रो पटक पाथीभरा क्षेत्रमा सामान्य हिमपात भएको थियो ।
गएराति भने निकै बाग्लो हिमपात भएको छ । पाथीभरा क्षेत्रमा बाग्लो हिमपात परेपनि दर्शन गर्न पुग्ने तिर्थयात्रीलाई खासै असर नपरेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताउनुभयो ।
उहाँका अनुसार पाथीभराधामबाट झण्डै दुई किलोमिटर पदमार्गमा फाइवरको छानो लगाएकाले हिमपात भए पनि तिर्थयात्री सहजै पाथीभरा धामसम्म जान सक्छन् ।
पाथीभरा क्षेत्र विकास समितिका अनुसार आज अहिलेसम्म झण्डै तीन जना तिर्थयात्रीले पाथीभरा धामको दर्शन गरेका छन् ।