नेपाल सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टमा, निर्धारित समय अगावै बाहिर निस्कने अर्थमन्त्रीको प्रतिक्रिया

काठमाण्डौ । नेपाल सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधिमा लगानी सम्बन्धी ग्रे लिस्टमा परेको छ । फ्रान्सको फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)ले नेपाललाई सम्पत्ति शुद्धीकरण तथा आतंकबादी लगानीको जोखिम पूर्ण सूचीमा राखेको हो ।

सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधमा लगानी रोक्न खडा गरिएको एफएटीएफ अन्तरसरकारी निकाय हो । जसले सम्पत्ति शुद्धीकरणको जोखिममा रहेका मुलुकलाई ब्ल्याक तथा ग्रे लिस्टमा राख्ने गर्छ ।

नेपाल ग्रे लिस्टमा पर्ने निश्चित देखिएकोबारे यसअघिदेखि नै नेपाल राष्ट बैंकका गभर्नर महाप्रसाद अधिकारीले सङ्केत गर्दै आएका थिए । शुक्रबार यो लिस्टमा नेपाल परेको हो ।

अहिलेको अवस्था सुधार गर्न सकेमा दुई वर्षभित्रमा नेपाल यो सूचीबाट हट्न पनि सक्छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल निर्धारित समय अगावै ग्रे लिष्टबाट बाहिर निस्कने बताउनुभयो ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले भन्नुभयो, ‘विगतमा निर्धारित समयमा निर्धारित काम सम्पन्न गर्न नसक्दा यो परिस्थिति निर्माण भएको हो । पेरिस बैठकबाट नेपालको एक्सन प्लान स्वीकृत भएको छ । एक्सन प्लान अनुसार प्रभावकारी रुपमा काम गरेर हामी निर्धारित समय अगावै ग्रे लिष्टबाट बाहिर निस्कन्छौं ।’

जी-७ देशले बनाएको फाइनान्सिएल टाक्स फोर्सको ग्रे लिस्ट भनेको वित्तीय कारोबारको बढ्यो मोनिटरिङमा पर्नु हो । नेपालबाहेक फिलिपिन्स, साउफ अफ्रीका, भियतनाम आदि देश छन् । ग्रे सूचीमा पर्नुको अर्थ आतङ्कवाद , कालोबजारी, सम्पत्ति शुद्धीकरणलाई नियन्त्रण गर्ने बलियो राज्य सम्यन्त्र नहुनु हो ।