प्रधानमन्त्री ओली आज पोखरा जानुहुँदै

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा जानु हुने भएको छ।

पोखरा विश्वविद्यालयको २०औँ दीक्षान्त समारोहका लागि प्रधानमन्त्री ओली पोखरा जान लाग्नु भएको हो। प्रधानमन्त्री विश्वविद्यालयका पदेन कुलपति हुन् ।

पोखरा महानगरपालिका-३०, ढुंगेपाटनमा उक्त कार्यक्रम हुँदैछ। यस क्रममा प्रधानमन्त्री ओलीले सडकलगायत केही विकास आयोजनाको प्रगतिबारे पनि जानकारी लिनुहुने छ।