
कांग्रेस सभापति देउवा भारत जाँदै
काठमाण्डौ । कांग्रेस सभापति शेरबहादुर देउवा भारत भ्रमणमा जाने हुने भएको छ। भारतको प्रयागराजमा चलिरहेको महाकुम्भका अवसर पारेर उहाँ भारत भ्रमणमा जान लागनुभएको हुो। देउवाका स्वकीय सचिव भानु देउवाले भारत भ्रमण हुन लागेको जानकारी दिनुभयो ।
इन्डिया फाउन्डेसनको आयोजनामा हुन लागेको ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एन्ड सस्टेइनबेलीटी’ कार्यक्रमको वक्ताको रुपमा देउवा भारत जान जान लागनुभएको हुो । शुक्रबार र शनिबार हुने कार्यक्रममा देउवाले समिटलाई सम्बोधन गर्नुहुने छ ।
सो कार्यक्रममा भुटानका विदेशमन्त्री, गुयानकी फस्ट लेडी, मलेसियाका मन्त्री, मौरिसका मन्त्रीलगायतका विदेशी पाहुना पनि सहभागी हुनेछन् । देउवाले भारतमा रहँदा राजनीतिक भेटघाट गर्ने वा नगर्ने विषयमा केही खुलाइएको छैन ।