नेपाली विद्यार्थी मृत भेटिएको घटना अनुसन्धान गर्न भारतीय विद्यार्थी परिषद्को माग

काठमाण्डौ । भारतीय राज्य ओडिसाको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्साल होस्टेलमा मृत भेटिएको घटना अनुसन्धान गर्न अखिल भारतीय विद्यार्थी परिषद्ले माग गरेको छ।
केआईआईटीमा बी-टेक तेस्रो वर्षमा पढ्ने लम्साल आइतबार साँझ होस्टेलमा शंकास्पद अवस्थामा मृत भेटिएकी हुन्।

अखिल भारतीय विद्यार्थी परिषद्‌ले ओडिसाको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा नेपाली विद्यार्थी प्रकृति लम्सालको दुर्भाग्यपूर्ण मृत्युमा गहिरो समवेदना व्यक्त गर्दछ र घटनाको निष्पक्ष र पूर्ण अनुसन्धानको माग गरिएको विज्ञप्तिमा उल्लेख गरिएमको छ ।