
भारतमा नेपाली छात्राको मृत्युपछि भारतीय दूतावास अगाडि विद्यार्थी प्रदर्शन
काठमाण्डौ । भारतको उडिसा राज्यको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)को होस्टलमा एक नेपाली छात्राले आत्महत्या गरेकी छन् ।
छात्राको मृत्यु भएको घटनाको बिरोधमा नेपालस्थित भारतीय दूतावास अगाडि विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू)ले विश्वविद्यालयमा नेपाली विद्यार्थीमाथि भएको ज्यादतीविरुद्ध लैनचौरस्थित भारतीय दूतावास अगाडि प्रदर्शन गरेका हुन्।