नेपालमै अवसर छ भनेर युवा पुस्ता अगाडि बढ्नुपर्छः उपप्रधानमन्त्री सिंह

काठमाण्डौ। उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालमै अवसर छ भन्ने हिसावले युवा पुस्ताहरु अघि बढ्न जरुरी रहेको बताउनुभएको छ । आज काठमायडौमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

उपप्रधानमन्त्री सिंहले अहिले नेपालमा केही पनि छैन भन्ने नकारात्मक भाष्यका कारण युवाहरु विदेश पलायन भइरहेको जिकिर गर्नुभयो । उहाँले नेपालमा शिक्षा, स्वास्थ्य र अवसर सिर्जना गर्न सरकारले काम गरिरहेकाले युवाले साथ दिनुपर्ने बताउनुभयो ।

उहाँले अवसरसँगै नेपालमा स्वतन्त्रता पनि रहेको बताउनुभयो । उहाँले कुनैपनि शिक्षा ग्रहण गर्न र रोजगारी गर्नका लागि नेपालमा स्वतन्त्रता रहेको महशुस गरेर देश विकासमा लाग्न आग्रह गर्नुभयो ।

उपप्रधानमन्त्री सिंहले भन्नुभयो, ‘‘अहिलेको पुस्तामा नेपालमा बसेर के हुन्छ भन्नेकुरा छ । यो नकारात्मक म्यासेजको कुराले भइरहेको हो । हामी पढ्दा र अहिले अपच्र्युनिटीज छ । फ्रिडम छ । अघि बढ्न एजुकेशन, अर्ट एण्ड कल्चर, बिजनेस गर्न अवसर छ । यसमा तपाईंहरु ध्यान दिएर नेपालमै गुणस्तरीय शिक्षा पाइन्छ र नेपालमै वातावरण बन्छ भन्ने हिसावले लाग्नुस् ।’’

उपप्रधानमन्त्री सिंहले कुनैपनि देशहरु हजारौँ वर्षको मेहनत र परिश्रमबाट नै विकासित हुने बताउनुभयो ।