
ताप्लेजुङ्गको पाथीभरा क्षेत्रमा हिमपात
ताप्लेजुङ्ग । पाथीभरा क्षेत्रमा सामान्य वर्षासँगै हिमपात भएको छ । पाथीभरा क्षेत्रमा यसपाली हिउँदमा तेस्रो पटक हिमपात भएको हो । यसअघि गएको पुस र माघमा गरी दुई पटक हिमपात भएको थियो ।
३ हजार ७ सय ९४ मिटरको उचाइमा पर्ने पाथीभरामा गएरातिको हिमपातसँगै चिसो केही बढेको छ । पाथीभरा क्षेत्र विकास समितिका अनुसार हिउँ पर्दा पाथीभरामा आन्तरिक पर्यटकको चहलपहल बढ्ने गर्छ ।
यसवर्ष हिउँदमा पर्याप्त हिउँदे वर्षा र हिमपात हुन नसक्दा वातावरण तथा कृषि क्षेत्रमा प्रभाव परेको छ । हिजो देशका धेरै ठाउँमा मौसम बदली भएको भए पनि आजदेखि सुधार आएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
रासस