
प्रिमियर लिगमा आर्सनल र म्यानचेस्टर सिटी विजयी, सिटीका मार्मुसको ह्याट्रिक गोल
काठमणडौ । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले लेस्टर सिटीलाई हराएको छ । आर्सनलले लेस्टर सिटीलाई २–० गोलले हराएको हो । उसका मिकेल मेरिनोले खेलको दोस्रो हाफमा दुई गोल गरे । उनले खेलको ८१ र ८७ औं मिनेटमा गोल गरेका हुन् ।
तालिकाको दोस्रो स्थानमा रहेको आर्सनलको २५ खेलमा ५३ अङ्क भएको छ । पराजित लेस्टर सिटी समान २५ खेलमा १७ अंकका साथ १९ औं स्थानमा छ ।
अर्को खेलमा म्यानचेस्टर सिटीले न्युकासल युनाइटेडलाई चार गोलले हरायो । उसका ओमर मार्मुसले ह्याट्रिक गोल गरे । उनले खेलको १९औं, २४औं र ३३औं मिनेटमा गोल गरेका हुन् । त्यस्तै ८४औं मिनेटमा जेम्स मेकाटीले गोल थपे । जितसँगै सिटीले २५ खेलबाट ४४ अङ्क बनाएको छ । सिटी तालिकाको चौथो स्थानमा छ । पराजित न्युकासलको समान २५ खेलमा ४१ अङ्क छ ।
अरू खेलमा वेस्ट ह्याम ब्रेन्टफोर्डसँग १–०, साउथह्याम्पटन बर्नमाउथसँग ३–१, नटिङघम फरेस्ट फुलहमसँग २–१ र क्रिस्टल प्यालेस एभर्टनसँग २–१ गोलले पराजित भएको छ । एस्टन भिला र इपस्विच टाउनले एक–एक गोलको बराबरी खेलेका छन् ।
प्रिमियर लिगमा लिभरपुल ५७ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । आज लिभरपुल र उल्भ्स तथा टोटनहम र म्यानचेस्टर युनाइटेडबीच खेल हुनेछ ।