![](https://radioshwetashardul.org/wp-content/uploads/2025/02/gaja.jpg)
गाजा युद्धविराम सङ्कट समाधानमा प्रगति
एजेन्सी । यो सप्ताहन्तमा बन्धक–कैदी आदानप्रदान योजना अनुसार अगाडि बढ्ने सुनिश्चित गर्न इजरायल–हमास युद्धविराम जोगाउने प्रयासमा प्रगति भएको वार्तासँग नजिक रहेका प्यालेस्टिनी स्रोतहरूले आज जानकारी दिएका छन् ।
प्रगति भएको एक स्रोतले एएफपीलाई मध्यस्थकर्ताहरूले इजरायलबाट आजै बिहानदेखि मानवीय प्रोटोकल लागू गर्ने वाचा प्राप्त गरेको उल्लेख गरेको छ ।
हमासले इजिप्टका अधिकारीहरूलाई शनिबार इजरायलले आफ्नो प्रतिबद्धता पूरा गर्ने बित्तिकै समयमै छैटौँ कैदी आदानप्रदान गर्न आफ्नो प्रतिबद्धता पुष्टि गरेको अर्को स्रोतले जानएको छ ।
मध्यस्थकर्ताहरूले इजरायलको अन्तिम स्वीकृति पुष्टि गरेपछि ‘पूर्वनिर्मित एकाइहरू, पालहरू, इन्धन, भारी उपकरण, औषधि, अस्पतालहरू मर्मतका सामग्रीहरू र मानवीय प्रोटोकलसँग सम्बन्धित सबै कुरा’ क्षेत्रभित्र प्रवेश गर्न सक्ने पहिलो स्रोतले बताएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासले शनिबारसम्म गाजामा राखिएका सबै बन्धकलाई रिहा नगरे ‘नरक’ खुल्ने चेतावनी दिएपछि नाजुक युद्धविराम हालैका दिनहरूमा तनावग्रस्त बनेको छ ।
ती टिप्पणीहरू पछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमासले शनिबार मध्याह्नसम्म बन्धकहरू फिर्ता नगरे उहाँको सेनाले गाजामा ‘तीव्र लडाइँ’ पुनः सुरु गर्ने बताउनुभयो । उहाँले सबै बन्दीहरूको कुरा गरेको हो वा होइन स्पष्ट गर्नुभएन ।
रक्षामन्त्री इजरायल काट्जले हिजो युद्ध पुनः सुरु भएमा यो ‘तीव्रतामा फरक हुनेछ’ र ‘हमासको पराजय बिना समाप्त हुनेछैन’ भनी चेतावनी दिनुभयो ।