![](https://radioshwetashardul.org/wp-content/uploads/2025/02/Screenshot-2025-02-13-122731.png)
विश्व रेडियो दिवसको अवसरमा रेडियो परासीद्वारा ट्राफिक सचेतना
नवलपरासी । विश्व रेडियो दिवसको अवसरमा पश्चिम नवलपरासीको सामुदायिक रेडियो परासी ९०.२ मेगाहर्जले सडक दुर्घटना न्यूनिकरणका लागि ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरेको छ । दिवसको अवसरमा जिल्ला ट्राफिक कार्यालय र स्वास्थ्य कार्यालय नवलपरासीको सहकार्यमा आज सचेतना कार्यक्रम गरेको हो ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख भेषराज शर्माको अध्यक्षता र रामग्राम नगरपालिकाका मेयर धनपत यादवको प्रमुख आतिथ्यमा कार्यक्रम भएको कार्यक्रममा मेयर यादवले रेडियो दिवसको शुभकामना व्यक्त गर्दै नगरभित्र ट्राफिक व्यवस्थापन गर्न सवै पक्षसँग सहकार्य गरेको बताउनुभयो ।
कार्यक्रममा सामुदायिक रेडियो परासीका अध्यक्ष राजकुमार रेश्मीले रेडियोले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै सचेतना जागृत गरेको बताउनुभयो । कार्यक्रममा ट्राफिक सचेतनाका झन्डै दुई हजार वटा स्टिकर वितरण गरिएको छ ।