![](https://radioshwetashardul.org/wp-content/uploads/2023/12/Gold-Silver-2.jpg)
सुनको मुल्य तोलामा २ हजार ३ सय रुपैयाँले बढ्यो
काठमाण्डौ । सुनको मुल्य आज एकैदिन तोलामा २ हजार ३ सय रुपैयाँले बढेको छ । सुन आज तोलामा २ हजार ३ सय रुपैयाँले बढेर तोलाको १ लाख ६९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको मुल्य तोलामा २ हजार ७ सय रुपैयाँले घटेर तोलाको १ लाख ६७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मुल्य पनि बढेको छ । आज चाँदीको मुल्य तोलामा ३५ रुपैयाँले बढेर १ हजार ९ सय ६५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको मुल्य तोलाको १ हजार ९ सय ३० रुपैयाँमा कायम भएको थियो ।