
पाथीभरा केबलकारबारे वार्ता गर्न आन्दोलनरत पक्षलाई सरकारको आग्रह
काठमाण्डौ । सरकारी वार्ता समितिले मुक्कुमलुङ पाथीभरा केबलकारको विपक्षमा आन्दोलन गरिरहेका समूहलाई वार्ताका माध्यमबाट समाधान खोज्न आग्रह गरेको छ।
गृह मन्त्रालयले बुधबार विज्ञप्ति सार्वजनिक गर्दै आन्दोलनरत पक्षलाई वार्ताको माध्यमबाट समाधान खोज्न आग्रह गरेको हो।
गृह मन्त्रालयबाट गठित वार्ता टोली पाथीभरा केबलकार निर्माणको क्रममा उत्पन्न स्थानीय समस्याको शान्तिपूर्ण समाधानका लागि वार्ता र संवाद गर्न सदैव तयार रहेको विज्ञप्तिमा उल्लेख छ।