सुनको मुल्य तोलामा आज ६ सय रुपैयाँले बढ्यो

काठमाण्डौ । सुनको मुल्य आज ६ सय रुपैयाँले बढेको छ । सुनको मुल्य आज ६ सय रुपैयाँले बढेर तोलाको १ लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको मुल्य तोलाको १ लाख ६९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । पछिल्लो समय सुनको मुल्य लगातार बढिरहेको छ ।

त्यस्तै आज चाँदीको मुल्य भने घटेको छ । आज चाँदीको मुल्य ३० रुपैयाँले घटेर तोलाको १ हजार ९ सय ४५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।