आर्मीलाई हराउँदै चर्च ब्वाइज ‘पोखरा गोल्डकप’को सेमिफाइनलमा

काठमाण्डौ । त्रिभुवन आर्मी क्लबलाई हराउँदै चर्च ब्वाइज युनाइटेड पोखरा गोल्डकप फुटबलको सेमिफाइनलमा पुगेको छ । पोखरा रङ्गशालामा आज भएको खेलमा चर्च ब्वाइजले आर्मीलाई १–० गोलले हरायो । चर्च ब्वाइजको जीतमा राज भुसालले गरेको १ गोल नै निर्णायक बन्यो ।

अब चर्च ब्वाइजले सेमिफाइनलमा नेपाल पुलिस क्बलसँग खेल्नेछ । यसअघि थ्री स्टार क्लब पनि सेमिफाइनलमा पुगिसकेको छ । २४औं संस्करणको पोखरा गोल्डकपको फाइनल खेल आउँदो फागुन ३ गते हुनेछ ।

प्रतियोगिताको विजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।