
शेयर बजार दोहोरो अङ्कले घट्यो, ११.४९ अङ्कले घटेर २ हजार ६ सय ८८.३१ विन्दुमा पुग्यो
काठमाण्डौ । हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ११.४९ अङ्कले घटेर २ हजार ६ सय ८८.३१ विन्दुमा पुगेको छ ।
आज फाइनान्स, उत्पादन, माइक्रोफाइनान्स, व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा विकास बैंक र अन्य समूहको शेयर १ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ ।
आज सप्तकोशी विकास बैंकको शेयर सबैभन्दा धेरै साढे ६ प्रतिशतले घटेको छ । बजार दोहोरो अङ्कले घटेको दिन सेन्ट्रल फाइनान्स, गार्डियन माइक्रो लाइफ इन्सुरेन्स कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।
आज शेयर कारोबार रकम पनि ओरालो लागेको छ । अघिल्लो कारोबार दिन गएको बिहीबार ९ अर्ब २४ करोडको शेयर कारोबार भएकोमा आज ३ सय ५ वटा कम्पनीका १ करोड ५८ लाख कित्ता शेयर ८ अर्ब ३९ करोड रुपैयाँमा किनबेच भएको छ ।