
नेपालगञ्जबाट काठमाण्डौका लागि छुटेकाे बस चितवनमा पल्टिँदा २३ जना घाइते
काठमाण्डौ – नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सेतीदोभान पुलबाट बस खस्दा २३ जना घाइते भएका छन् ।
नेपालगञ्जबाट काठमाण्डौका लागि छुटेकाे लु प्र ०३–००१ ख ००७७ नम्बरको बस बिहान साढे ४ बजे दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय मुग्लिनकी प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार बसमा रहेका २८ जनामध्ये २३ जना घाइते भएका छन् ।
घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । अरू यात्रु सकुशल छन् । टायर पञ्चर हुँदा बस अनियन्त्रित भएर दुर्घटनामा परेको हुनसक्ने प्रहरी निरीक्षक भण्डारीले जानकारी दिनुभयो ।