
‘बुढासुब्बा गोल्डकप’को उपाधि एनआरटीलाई, चर्च ब्वाइज २–१ ले पराजित
काठमाण्डौ । चर्च ब्वाइज युनाइटेडलाई हराउँदै न्यूरोड टिम (एनआरटी) क्लबले बुढासुब्बा गोल्डकप फुटबलको उपाधि जितेको छ । धरान रङ्गशालामा आज भएको फाइनल खेलमा एनआरटीले चर्च ब्वाइजलाई २–१ गोलले हराउँदै उपाधि जितेको हो ।
एनआरटीका लागि दुवै गोल हर्ने अडुसेट पोकोले गरे । यस्तै चर्च ब्वाइजका अनन्त तापाङले एक गोल गरे । २५औं संस्करणको बुढासुब्बा गोल्डकपको विजेता एनआरटीले १० लाख र उपविजेता चर्च ब्वाइजले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।