केजरीवालले चार हजारभन्दा बढी मतान्तरले चुनाव हारे

भारतको राजधानी नयाँ दिल्लीका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाल दिल्ली विधानसभा निर्वाचनमा पराजित भएका छन् ।

नयाँ दिल्ली सिटबाट उनी भारतीय जनता पार्टी (भाजपा)का उम्मेदवार प्रवेश वर्मासँग चार हजारभन्दा बढी मतान्तरले पराजित भए । भारतीय राष्ट्रिय कांग्रेसका उमेदवार सन्दीप दीक्षित तेस्रो स्थानमा रहे ।

सन् २०१३ र २०१५ मा नयाँ दिल्ली सिटबाट केजरीवालले तीनपटक मुख्यमन्त्री भइसकेकी शीला दीक्षितलाई हराएका थिए ।

उक्त सिटमा विजयी भएका प्रवेश साहिब सिंह वर्माले कुल ३० हजार ८८ मत गरे । केजरीवालले २५ हजार ९९९ मत पाए । यी दुईबीच जित–हारको अन्तर चार हजार ८९ मतको छ । तेस्रो स्थानमा रहेका कांग्रेसका दीक्षितले जम्मा चार हजार ५६८ मत प्राप्त गरे ।