
सिंहदरबारमा रहेको खानेपानी मन्त्रालयमा लागेको आगो नियन्त्रणमा
काठमाण्डौ । काठमाण्डौको सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा लागेको आगो नियन्त्रणमा आएको छ । सिंहदरबार प्रहरीका अनुसार खानेपानी मन्त्रालयको चौथो तलामा आज बिहान आठ बजेर ३५ मिनेटमा आगलागी भएको हो ।
चौथो तलामा खानेपानी मन्त्री प्रदीप यादवको कार्यकक्ष समेत रहेको थियो । सिंहदरबार सुरक्षा गणका प्रमुख, प्रहरी नायब उपरीक्षक दिनेश घिमिरेले बारुणयन्त्रको सहायताले आगलागी १५ मिनेटमै नियन्त्रणमा आएको जानकारी दिनुभयो । तीन वटा कोठामा आगोले सामान्य क्षति गरेको छ । आगलागीको कारण खुलेको छैन ।