![](https://radioshwetashardul.org/wp-content/uploads/2025/02/Screenshot-2025-02-07-155941.png)
देश विकास गर्ने अनुकुल समय यही होः पूर्वराष्ट्रपति भण्डारी
काठमाण्डौ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको शिक्षा क्षेत्र बरालिएको महशुस गरेको बताउनुभएको छ ।
शुक्रवार अरुणोदय माध्यामिक विद्यालयको ६० औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उहाँले यस्तो बतउनुभएको हो । उहाँले शिक्षा राष्ट्र निर्माणको मुल खम्बा हुनुपर्नेमा त्यसो हुन नसकिरहेको बताउनु भयो । माध्यामिक तह पास गरिसकेपछि विदेश अध्ययनका लागि विद्यार्थी जाने वातावरणलाई अन्त्य गर्न स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न सक्नुपर्ने बताउनु भयो ।
पूर्वराष्ट्रपति भण्डारीले अब कस्तो विकासको नमूना प्रश्तुत गर्ने भन्नेमा सोच्न जरुरी रहेको बताउनु भयो । देशमै परिवारसँग बसेर केही गरौँ भन्ने स्थिति निर्माण गर्न जरुरी रहेको बताउनु भयो । देशको शिक्षा प्रणाली अध्ययनपछि रोजगारी दिनसक्ने वातावरण बनाउन जरुरी रहेको बताउनु भयो ।
राष्ट्रिय जीवनलाई गरिमामय बनाउन सबैले आफ्नो गति बढाउनुपर्ने बताउनु भयो । उहाँले शिक्षा प्रणालीमा अमुल परिवर्तन गरेर, देशको उत्पादकत्व वृद्धि गर्ने र जीवनस्तरलाई गरिमामय बनाउन जरुरी रहेको बताउनु भयो । रोजगारीका लागि भौंतारिनुपर्ने अवस्थाको अन्त्य गर्नु नै अहिले नेपालको आवश्यकता रहेको बताउनु भयो । शिक्षा प्रणालीमा सुधार गरेर राष्ट्रिय अर्थतन्त्रलाई मजबुत गर्नेतर्फ प्रयास गर्नुपर्ने बताउनु भयो । देशको अर्थतन्त्र कमजोर भए सामाजिक, सांस्कृतिक क्षेत्रमा पनि कमजोर हुने बताउनु भयो ।
उहाँले देश विकास गर्ने अनुकुल समय अहिले रहेको बताउनु भयो । विगतमा ३ /३ महिनामा सरकार परिवर्तन हुने समस्या रहेकोमा अहिले सरकार स्थायी रहेको बताउनु भयो । उहाँले अहिले गर्न नसके कहिले पनि गर्न सकिँदैन भन्ने चासो र चिन्ता आम नागरिकमा रहेको बताउनु भयो ।
उहाँले जिडिपी सन्तोष गर्ने ठाउँमा नरहेको र व्यापार घाटा चुलिएको बताउनु भयो ।