प्रतिनिधि सभा बैठक सुरु

काठमाण्डौ । सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ । शुक्रबार दिउँसोबाट सुरु भएको बैठकमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले ‘विद्युतीय व्यापार विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेश गर्नुहुने छ ।

संसदका सहासचिव पद्म प्रसाद पाण्डेयले कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले ‘विधायन विधेयक, २०८० लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुने जानकारी दिनुभयो ।

यसैगरी, बैठकमा श्रम, रोजगार तथा सामाजित सुरक्षा मन्त्री शरतसिंह भण्डारीले ‘अन्तर्राष्ट्रिय श्रम सङ्गठनको अन्तर्राष्ट्रिय श्रम सम्मेलनले स्वीकृत गरेको नयाँ अन्तर्राष्ट्रिय श्रम मापदण्डहरुको संयन्त्रहरु (महासन्धि, प्रोटोकल र सिफारिस) सम्बन्धी प्रतिवेदन पेश गर्नुहुने कार्यसूची रहेको छ ।