राष्ट्रियसभा बैठक आइतबारसम्मका लागि स्थगित
काठमाण्डौ । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले आइतबार दिउँसो १ बजेर १५ मिनेटमा बस्नेगरी बैठक स्थगित गर्नुभएको हो ।
आजको बैठकमा दुई वटा विधेयक पेस भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ सभासमक्ष पेस गर्नुभएको छ ।
यसैगरी, शिक्षमन्त्री विद्या भट्टराईले राष्ट्रिय विधिविज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ पेस गर्नुभएको छ ।