![](https://radioshwetashardul.org/wp-content/uploads/2025/02/pic1_7Wwy4lPdds.jpeg)
त्रिदेशीय महिला टी–२०मा थाइल्यान्डले दियो नेदरल्यान्ड्सलाई १ सय १० रनको लक्ष्य
काठमाण्डौ । त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा थाइल्यान्डले नेदरल्यान्ड्सलाई १ सय १० रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको थाइल्यान्डले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९ रन बनायो । थाइल्यान्डकी नथ्थाकन चान्थमले नटआउट ३६, चानिदा सुथ्थीरुङ्गले ३२ रन बनाइन् । नेदरल्यान्ड्सकी आइरिस ज्विलिङ्गले ३ विकेट लिइन् ।
प्रतियोगितामा थाइल्यान्ड अपराजित छ । थाइल्यान्डले यो खेल जितेमा एक खेलअघि नै उपाधि जित्नेछ । थाइल्यान्ड ४ खेलमा ८ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । नेदरल्यान्ड्स ५ खेलमा ६ अङ्कसहित दोस्रो स्थानमा छ । नेपाल ५ वटै खेल हार्दै पुछारमा छ ।