बस र मोटरसाइकल ठोक्किँदा १ जानको मृत्यु

नुवाकोट। बेलकोटगढी नगरपालिका–७ मा यात्रुवाहक बस र मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

मोटरसाइकलमा सवार २२ वर्षीय जीवन राईको मृत्यु भएपछि मृतकका आफन्तले त्रिशुली–काठमाण्डौ सडकखण्ड अवरोध गरेका छन् । जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी प्रमुख एसपी दुर्गा रेग्मीका अनुसार अहिले मृतकका आफन्तसँग वार्ता चलिरहेको छ ।

स्थानीय र मृतकका आफन्तले बाटो अवरोध गरिरहनुभएको छ ।

गल्छिबाट त्रिशुलीतर्फ जाँदै गरेको बा(३ ख ५५४७ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा(५८ प २८०४ नम्बरको मोटरसाइकल आज दिउँसो २ बजे एक आपसमा ठोक्किएको थियो ।

विपरीत दिशाबाट आइरहेको मोटरसाइकल जोगाउन खोज्दा एक आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । बसमा सवार १८ जना घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल नुवाकोट लगिएको प्रहरीले जनाएको छ । मोटरसाइकल जोगाउने क्रममा बस भित्तामा पुगेर ढुङ्गामा जोतिन पुगेको थियो ।