राष्ट्रिय किताब खानामा शिक्षामन्त्रीको छड्के अनुगमन

काठमाण्डौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राष्ट्रिय किताब खाना (शिक्षक) को छड्के अनुगमन गर्नुभएको छ। ताहाचलस्थित किताबखानाको कार्यालयमा पुगेर मन्त्री भट्टराईले छड्के अनुगमन गर्नुभएको हो।

सेवाग्राहीहरूको गुनासो सुनेपछि मन्त्री भट्टराईले कर्मचारीहरूलाई छिटो छरितो काम गर्न निर्देशन दिनुभयो । शिक्षकहरूले पेन्सन पट्टा बनाउन निकै सास्ती खेप्नुपरेको गुनासो बढेपछि शिक्षामन्त्री भट्टराई आफैँ छड्के अनुगमनमा पुग्नुभएको हो।

पेन्सन पट्टाका लागि अर्थ मन्त्रालयबाट आएको अध्यादेशको नयाँ व्यवस्थाअनुसार कार्य अघि बढाउन शिक्षामन्त्री भट्टराईले निर्देशन दिनुभयो। किताब खानामा आएका समस्याहरू अड्काउने काम भएको भन्दै शिक्षामन्त्री भट्टराईले त्यस्तो नगर्न आग्रह गर्नुभयो।