बेलायतका राजकुमार एड्वार्ड दम्पती काठमाण्डौमा

काठमाण्डौ । बेलायतका राजकुमार एवं एडिनबर्गका ड्युक एड्वार्ड काठमाण्डौ आइपुग्नुभएको छ ।

भारत भ्रमण सकेर उहाँ आज काठमाण्डौ आइपुग्नुभएको हो । उहाँलाई परराष्ट्र सचिव अमृत राईले स्वागत गर्नुभयो।

आज बिहान उहाँकी श्रीमती एडिनबर्गकी डचेस सोफी पनि काठमाण्डौ आइसक्नुभएको छ । उहाँहरूको निजी भ्रमणमा नेपाल प्रहरी र नेपाली सेनाले ‘ख श्रेणी’को सुरक्षा दिनेछन् ।

आजै अपराह्न ४ बजे राजकुमार एड्वार्डले राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्ने कार्यक्रम तय छ । उहाँहरु भोलि बुधबार ललितपुर, भक्तपुर र कीर्तिपुरका विभिन्न स्थानमा पुग्ने तथा काठमाण्डौस्थित माइती नेपालमा जाने कार्यतालिका छ ।

त्यस्तै, दम्पत्तिले पोखराको घान्द्रुक घुम्ने, अन्नपूर्ण हिमश्रृंखला हेर्ने, र ब्रिटिश गोर्खाको क्याम्पमा जाने तालिका रहेको छ । बेलायती राजकुमार दम्पतीको सन् २०२५ को यो पहिलो विदेश भ्रमण हो । उहाँहरू आउँदो आइतवार स्वेदश फर्कनुहुनेछ ।