प्रधानमन्त्री ओलीसँगअविश्वास गर्नुपर्ने कारण छैन, हामी सँगै जेल बसेका हौँ: सभापति देउवा
पोखरा-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग अविश्वास गर्नुपर्ने कुनै कारण नरहेको बताउनु भएको छ।
पोखरामा ७७ वटै जिल्लाका सभापति र प्रशिक्षण विभागका प्रमुखहरूलाई आयोजना गरिएको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले एमाले अध्यक्ष समेत रहेका ओलीको प्रशंसा गर्नुभयो।
सभापति देउवा भन्नुभयो, ‘प्रधानमन्त्री केपी शर्मा ओली र म सँगै जेलमा बसेको साथी हौँ । धेरै दु:ख-कष्ट थियो, छुट्ने सम्भावना हुँदैनथ्यो। झापा काण्डको कारण देखाएर जेलभित्रको पनि जेलमा राखियो । हामी मुख्य प्रतिस्पर्धी हौँ । तर पनि केपी ओलीबाट अविश्वास गर्नुपर्ने कुरा छैन।’