एलन मस्क अमेरिकी सरकारकाे विशेष कर्मचारीका रूपमा नियुक्त
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्बपति व्यापारी एलन मस्कलाई आफ्नो सरकारको विशेष कर्मचारीका रूपमा नियुक्त गर्नुभएको छ ।
ट्रम्पले मस्कलाई यसअघि सरकारको आकार घटाउने काम दिएकामा अब भने उहाँलाई विशेष सरकारी कर्मचारी मानिने ह्वाइट हाउसले जनाएको छ । योसँगै अब मस्कले सङ्घीय सरकारका लागि पनि काम गर्न सक्ने अमेरिकी समाचार संस्था वाशिङ्टन पोस्टले जनाएको छ ।
मस्कलाई ‘विशेष सरकारी कर्मचारी’ का रूपमा वर्गीकृत गरिएको ह्वाइट हाउसकी प्रेस प्रवक्ता क्यारोलिन लिभिटले बताउनुभएको छ । उहाँका अनुसार यो कामका लागि मस्कले सरकारबाट तलब नपाउने तर कानूनको भने पालना गर्नुपर्ने छ ।
विशेष सरकारी कर्मचारी पद बढीमा एक सय ३० दिनका लागि मात्रै हुन्छ । मस्कले सङ्घीय सरकारबाट व्यापक कर्मचारी कटौती गर्ने बताउँदै आउनुभएको छ ।