टी–२० त्रिदेशीय शृंखला: टस जितेर थाइल्यान्डले ब्याटिङ रोज्यो
काठमाण्डौ । त्रिदेशीय महिला टी–२० शृंखलाअन्तर्गत आफ्नो चौथो खेलमा नेपाली महिला टिमले थाइल्यान्डविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ ।
आज (मंगलबार) कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टस जितेर थाइल्यान्डले ब्याटिङको निर्णय गर्दै नेपाललाई फिल्डिङमा निम्त्याएको हो ।
नेपाली टिम पहिलो जितको खोजीमा छ । नेपालले यसअघि नेदरल्यान्ड्ससँग २० रन, थाइल्यान्डसँग चार विकेट र पुनः नेदरल्यान्ड्ससँग १५ रनको हार व्यहोरेको थियो । थाइल्यान्ड भने प्रतियोगितामा अपराजित छ ।