उदयपुरको बेल्टारमा केपी ओली कप फुटसल प्रतियोगिता हुने

काठमाण्डौ । उदयपुर-उदयपुरको चौदण्डीगढी नगरपालिकामा केपी ओली कप प्रचारात्मक कमरेड खुला फुटसल कप प्रतियोगिता-२०८१ हुने भएको छ।

राष्ट्रिय युवा संघ नेपाल उदयपुर जिल्ला कमिटीको आयोजनामा यही माघ २५ गते सम्पन्न हुने भएको हो। प्रतियोगिता ए.पि.एफ.फुटसल मैदान, बेल्टारमा हुनेछ।

प्रतियोगितामा आठवटा टोलीको सहभागिता सुनिश्चित भएको आयोजकले जनाएको छ। आयोजकका अनुसार न्यू त्रियुगा स्पोट्र्स क्लब सप्तरी, बेल्टार युनाइटेड क्लब उदयपुर, बसाहा क्लब उदयपुर, ए.पि.एफ. उदयपुर, के.वाई.सी. क्लब उदयपुर, ११ स्टार बोक्से उदयपुर, नेपाल पुलिस उदयपुर, – सुनाखरी युथ क्लब बेलका, उदयपुर विच प्रतिस्पर्धा हुने छ ।

प्रतियोगिताको विजेताले नगद २० हजार रुपैयाँसहित शिल्ड, मेडल, र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद १५ हजार रुपैयाँसहित शिल्ड, मेडल, र प्रमाणपत्र पाउनेछन्।

राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष विमल भण्डारीका अनुसार, यस प्रतियोगिताले फुटसल खेलको प्रवद्र्धनसँगै युवाहरुलाई खेलकुदमा लाग्न प्रोत्साहन गर्ने उद्देश्य राखिएको छ।