सुनको मुल्य आज एकैदिनमा १ हजार ९ सय रुपैयाँले बढ्यो

काठमाण्डौ । सुनको मुल्य आज एकैदिन १ हजार ९ सयले बढेको छ । सुनको मुल्य आज १ हजार ९ सय रुपैयाँले बढेर तोलाको १ लाख ६४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

लगातार तीन दिनदेखि स्थिर रहेको सुनको मुल्य आज बढेको हो । हिजो सुनको मुल्य तोलाको १ लाख ६२ हजार ८ सय रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको मुल्य पनि बढेको छ । चाँदीको मुल्य आज ३५ रुपैयाँले बढेर तोलाको १ हजार ९ सय ३० रुपैयाँमा कायम भएको महासङ्घले जनाएको छ ।