शेयर बजार सामान्य बढ्दा ११ अर्ब ८७ करोड रुपैयाँको कारोबार

काठमाण्डौ । हिजो उच्च अङ्कले बढेको शेयर बजार आज सोमबार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २.४१ अङ्कले बढेर २ हजार ७ सय ३०.०० विन्दुमा पुगेको छ ।

आज विकास बैंक, फाइनान्स, होटल, जलविद्युत्, लगानी र अन्य बाहेक सबै समूहको शेयर सामान्य बढेको छ ।

आज उपकार लघुवित्त र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । समग्रमा बजार बढेको दिन ग्रीन विकास बैंक र रिभर फल्स पावर कम्पनीको शेयर १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।

आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । हिजो झन्डै १३ अर्बको कारोबार भएकोमा आज २ करोड ३७ लाख कित्ता शेयर ११ अर्ब ८७ करोड रुपैयाँमा किनबेच भएको छ ।