सुनको मुल्य आज पनि स्थिर, चाँदीको मुल्य ५ रुपैयाँले घटेयो

काठमाण्डौ । सुनको मुल्य आज पनि यथावत् रहेको छ । सुनको मुल्य हिजोजस्तै तोलामा १ लाख ६२ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । शुक्रबारदेखि सुनको मुल्य स्थिर रहेको छ ।

यस्तै आज चाँदीको मुल्य घटेको छ । चाँदीको मुल्य तोलामा १५ रुपैयाँले घटेर १ हजार ८ सय ९५ रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको मुल्य १ हजार ९ सय १० रुपैयाँ रहेको थियो ।