कोशी, बाग्मती र गण्डकीमा मौसम बदली स् एकरदुई ठाउँमा छिटपुट वर्षाको सम्भावना

काठमाण्डौ । श्चिमी वायुको प्रभावका कारण आज काठमाण्डौ उपत्यकासहित कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा मौसम बदली छ ।

यी क्षेत्रमा मौसम आंशिकदेखि साधारणतया बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी एकरदुई ठाउँमा छिटपुटदेखि हल्का वर्षा र कोशी, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही ठाउँमा हल्का हिमपातको सम्भावना छ ।

काठमाण्डौ उपत्यकामा आज दिनैभर नै मौसम आंशिक बदली हुने सम्भावना रहेको मौसमविद् लामिछानेले बताउनुभयो । तराईका धेरै ठाउँमा हुस्सु लागेको छ ।

पश्चिम तराईमा हिजो दिउँसो हुस्सु तथा कुहिरो हटेर भिजिविलिटीमा समेत केही सुधार देखिएको मौसमविद् रोजन लामिछानेले बताउनुभयो । उहाँका अनुसार आज दिउँसो पनि तराईका केही ठाउँमा हुस्सु हट्ने सम्भावना छ ।

यीबाहेक देशका अरु भागमा आज मौसम सफा नै छ । आज बिहान पौने ६ बजे काठमाण्डौको न्यूनतम तापक्रम ८ दशमलव ५ डिग्री सेल्सियस मापन भएको छ ।

हिजो न्यूनतम तापक्रम ६ दशमलव ६ डिग्री सेल्सियस मापन भएको थियो । हिजोको भन्दा आज न्यूनतम तापक्रम बढेको हो । त्यस्तै आज काठमाण्डौमा अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियस रहने अनुमान छ ।