
एमालेले संसदीय दलको बैठक बोलायो
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले संसदीय दलको बैठक बोलाएको छ।
एमालेका प्रतिनिधिसभाका मुख्य सचेतक महेश बर्तौलाले २०८१ माघ १५ गते नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा दिउँसो १ बजे बैठक बोलाइएको जानकारी दिनुभयो।
उहाँले बैठकमा यही माघ १८ गतेदेखि सुरु हुने हिउँदे अधिवेशनको तयारी र आगामी संसद् अधिवेशनलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल हुने बताउनुभयो।