
हुलाक सेवा लोकतान्त्रिक र आधुनिक बनाउन लागेको छु : मन्त्री गुरुङ
काठमाण्डौ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले हुलाक सेवालाई लोकतान्त्रिक र आधुनिक बनाउन मन्त्रालय सक्रिय रहेको बताउनु भएको छ ।
पञ्चायतकालदेखिको नीति टेकेर सञ्चालन हुँदै आएको हुलाकको नीति परिवर्तन गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले यो वर्षभित्र पुराना सबै नीति र ऐन संशोधन गरेर समायानुकुल बनाउने कार्यमा आफू गम्भीरताका साथ लागेको सुनाउनु भयो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज हुलाक विभागले आयोजना गरेको ‘एक स्थानीय तह एक हुलाक’ कार्यालय स्थापना घोषणा कार्यक्रमको उद्घाटन गर्दै उहाँले मुलुक रुपान्तरणसँगै नीति र विधि फेरिन नसक्दा विकास ओझेलमा परेको धारणा राख्नुभयो ।
उहाँले नेपालमा विभिन्न समयमा भएका शान्तिपूर्ण क्रान्तिले राजनीतिक विकास भएको बताउदैँ संरचनागत क्रान्तीमा सुधार ल्याउनतिर हालसम्म कसैको ध्यान नगएको गुनासो गर्नुभयो । उहाँका अनुसार हुलाक सेवा निकै पुरानो र महत्त्वपूर्ण सेवा भएको र यसलाई आधुनिकरण गर्न प्रविधि मैत्री बनाउन जरुरी रहेको सुनाउनु भयो ।
कार्यक्रममा मन्त्री गुरुङले हुलाक सेवा विभागलाई निर्देशन दिँदै डिल्लीबजारस्थित गोश्वारा हुलाक कार्यालयबाट सुधारको कार्य थालनी गर्नुपर्ने बताउनुभयो ।
त्यस्तै, कार्यक्रममा स्थानीय तहका सबै हुलाक कार्यालयका कर्मचारी सहभागी थिए । यी सबैमाझ मन्त्री गुरुङले हुलाक जनसेवामुखी बनाउन आग्रह समेत गर्नुभयो । हुलाक सेवाको प्रभावकारिता सुरुवात केन्द्रबाट गोश्वारा हुलाक कार्यालयबाट सुरु गर्नुहोस्, अरू स्थानीय तहका हुलाक कर्मचारीले आ-आफ्नो क्षेत्रमा सेवा प्रभावित बनाउने मन्त्रालयबाट नेतृत्व लिएर काममा साथ दिन हरदम तयार भएको गुरुङले बातउनुभयो ।
कार्यक्रममा मन्त्री गुरुङ, निमित्त सचिव ९सहसचिव० गजेन्द्रकुमार ठाकुरका अनुसार हुलाक सेवाले सीमित स्रोत र साधन प्रयोग गरेर अधिकतम उद्देश्य पूरा गर्न गर्दै आएको बताउनु भयो । साथै मन्त्री गुरुङको स्प्रीड अनुकुल हुलाक सेवालाई आधुनिकीकरण गर्न मन्त्रालयमा गृहकार्य भइरहेको बताउनुभयो ।
हुलाक विभागका महानिर्देशक मनमाया भट्टराई पंगेनीले गोश्वारा हुलाक कार्यालयको अवस्था सुनाउँदै स्थानीय तहका हुलाक कार्यालयको सुधारका चुनौती र कार्य योजना मन्त्रीसमक्ष जानकारी दिनुभयो ।