
इन्डो नेपाल टी–२० एकेडेमी क्रिकेट प्रतियोगिता भोलिदेखि
काठमाण्डौ । ललितपुरको जावलाखेलमा रहेको डीएभी सुशील केडिया विश्व भारतीय स्कुलको आयोजनामा भोलिदेखि इन्डो नेपाल टी-२० क्रिकेट प्रतियोगिता सुरु हुँदैछ। माघ १८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ६ टोलीको सहभागिता रहने आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।
प्रतियोगितामा १६ वर्षमुनिका र कक्षा १० सम्म अध्यनरत विद्यार्थीले सहभागिता जनाउन पाउने छन् । लिग कम नकआउटका आधारमा खेलाइने प्रतियोगिताका सबै खेल तल्लो मुलपानी क्रिकेट मैदानमा हुनेछ ।
प्रतियोगितामा एक्सिलेन्ट क्रिकट सेन्टर, बोलपुर युथ टाउन, वेस्ट बङ्गाल, ग्रेट हिमालयन क्रिकेट एकेडेमी, डिएभी क्रिकेट एकेडेमी, नेक्सस क्रिकेट एकेडेमी र एन्जल्स स्पोट्र्स एकेडेमीको सहभागिता रहनेछ ।