संसद्को हिउँदे अधिवेशन माघ १८ गते बोलाउन राष्ट्रपतिसमक्ष सिफारिश गर्ने सरकारको निर्णय

काठमाण्डौ । सरकारले संसद्को हिउँदे अधिवेशन यही माघको १८ गते बोलाउन राष्ट्रपतिसमक्ष सिफारिश गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले १८ गते शुक्रबार संसद्को बैठक आह्वानका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिश गर्ने निर्णय गरेको हो ।

संसद् अधिवेशन बोलाउने विषयमा आजै दिउँसो प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरेबीच छलफल भएको थियो । सरकारले संसद्को अधिवेशन नबोलाउने र अध्यादेशबाट देश चलाउन खोजेको भन्दै विपक्षी दलले आन्दोलनको चेतावनी दिइरहेको बेला सरकारले अधिवेशन आह्वानको सिफारिश गरेको हो ।