एमालेलाई राष्ट्रिय शक्ति बन्न नदिन भू-राजनीतिक द्वन्द्वको खेल हुँदैछ: शंकर पोखरेल

काठमाण्डौ। सत्तारुढ दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी र पार्टी नेतृत्वका विरुद्धको घेराबन्दी बलियो राष्ट्रिय शक्ति बन्न नदिने भू-राजनीतिक द्वन्द्वको खेल भएको टिप्पणी गरेका छन्।

आगामी चुनावमा निर्वाचन पूर्व कसैसित गठबन्धन नगर्ने उद्घोष गरेर नेकपा (एमाले) र नेपाली कांग्रेसले आम निर्वाचनलाई एजेन्डा केन्द्रित गर्ने संकल्प गरेपछि घेराबन्दी बढेको उहाँको भनाइ छ।

नेपालका साना राजनीतिक दलहरूले आफ्नो राजनीतिक कुण्ठाबाट ग्रस्त भएर उनीहरूका सहयोगी बन्न पुगेका छन् भने या त निराशा र कुण्ठाग्रस्त मनस्थितिमा सामाजिक अराजकताको बाहक बनिरहेको र नेकपा एमालेको नेतृत्व माथि हमला गरिरहेको उहाले बातउनुभयो । यो प्रवृत्ति हरेक हिसाबले जनता ,राष्ट्र र समाजवादको यात्राका लागि वाधक भएको बातउनुभयो ।

चुनावपछि जसको बहुमत आउँछ उसले ३ वर्ष सहज नेतृत्व गर्ने अवस्था निर्माण गर्नुपर्ने उल्लेख गर्दै कसैको बहुमत नआएको अवस्थामा पनि प्रमुख दललाई सरकारको नेतृत्व दिन तयार हुनुपर्ने उहाँले बातउनुभयो ।