काठमाण्डौ महानगरपालिका र ट्राफिक प्रहरीको सहकार्यमा गाडीको प्रदूषण जाँच तीव्र

काठमाण्डौ । काठमाण्डौ महानगरपालिका र ट्राफिक प्रहरीको सहकार्यमा काठमाण्डौ उपत्यकामा गाडी प्रदूषण जाँच तीव्र भएको छ । महानगरपालिकाले गाडीको अवस्था पहिचान गरी मर्मत गराउन आग्रह गरेको छ ।

महानगरपालिकाले वातावरण सुधारका लागि वातावरण तथा प्राकृतिक स्रोत ऐन २०७७, प्रदूषण नियन्त्रण मापदण्ड २०८१, फोहरमैला सङ्कलन तथा ढुवानी कार्यविधि २०८१ जारी गरेको जनाएको छ ।

महानगरले मापदण्डमा पेट्रोलबाट चल्ने सवारीसाधन र डिजेलबाट चल्ने गाडी र निर्माण अवधिलाई छुट्टाछुट्टै सूचक राखेको छ । यस प्रावधानअनुसार सन् १९८० सम्म उत्पादन भएका चारपाङ्ग्रे गाडीको कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४ दशमलव ५ प्रतिशत (वाई भोल्युम) हुनुपर्छ ।

त्यस्तै, सन् १९८१ वा त्यसभन्दा पछि उत्पादन भएका सवारीसाधनमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम तीन प्रतिशत ९वाई भोल्युम० हुनुपर्छ । तीनपाङ्ग्रे सवारीको हकमा सन् १९९१ सम्ममा उत्पादन भएका गाडीमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४ दशमलव ५ प्रतिशत (वाई भोल्युम) हुनुपर्छ ।

त्यस्तै दुई पाङ्गे गाडीको हकमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४ दशमलव ५ प्रतिशत हुनुपर्छ । सन् १९९४ सम्ममा उत्पादन गरिएका सबै किसिमका डिजल गाडीका लागि धुवाँको घनत्व (स्मोक डेन्सिटी) अधिकतम ७५ हर्टिज स्मोक युनिट (एचएसयू) हुनुपर्छ ।

सन् १९९५ वा पछि उत्पादन भएका गाडीका लागि धुवाँको घनत्व (स्मोक डेन्सिटी) अधिकतम ६५ हर्टिज स्मोक युनिट (एचएकयू) हुनुपर्ने कानूनी प्रबन्ध छ । जाँचका क्रममा तोकिएको एकाइभन्दा माथिल्लो अङ्क देखियो भने प्रदूषण मापदण्ड बाहिर हुन्छ ।